Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

Introduction (परिचय)

प्राकृतिक स्रोत–साधन एंवम् धार्मिक र सांस्कृतिक सम्पदाले धनी, सुन्दर र रमणीय गण्डकी प्रदेशको दक्षिणी नाकाको रुपमा रहेको नवलपुर जिल्ला अन्तर्गत नेपाल अधिराज्यकै करिब मध्यभागमा अवस्थित देवचुली नगरपालिका जसको दक्षिण तर्फ चितवन राष्ट्रिय निकुञ्ज र पवित्र नारायणी नदीको मनमोहक दृश्य छ भने केही माथिबाट सम्पूर्ण नेपालीहरुलाई एक आपसमा जोड्ने नेपालकै प्रमुख सडक पूर्व पश्चिम महेन्द्र राजमार्ग रहेको छ । उक्त राजमार्गमा समाहित दलदले बजारबाट करिब ४ कि. मि. उत्तरतर्फ देवचुली र वरचुलीको काखमा अवस्थित साविकको देवचुली आधारभूत विद्यालय हाल भीमसेन आर्दश मा.वि. को शाखा विद्यालयको रुपमा देवचुली नगरपालिका वार्ड न. ७ रामबासमा रहेको छ ।

ऐतिहासिक सहित विद्यालय एकिकरण हुँदा सम्मको संक्षिप्त पृष्ठभूमी

शिक्षा ज्ञानको ज्योति हो । शिक्षा बिना सुन्दर र समुन्नत समाजको परिकल्पना गर्न सकिदैन । समाज रुपान्तरणको एक महत्वपूर्ण आधारतम्भको रुपमा रहेको शिक्षालाई आम जनसमुदायका बालबालिकाहरुको सहज पहुँचमा पुर्याउनु पर्दछ भन्ने मान्यतालाई वडा नं ६ का वडासदस्य श्री चोक बहादुर परियारको सक्रियता र वडा नं ७ र ८ का वडाअध्यक्षहरु क्रमश स्व.श्यामलमल फेवाली र स्व.इन्द्रमणि काफ्लेको पूर्ण सहयोगमा सम्बन्धित वडाका अभिभावकहरुको भेला जुटाई यस क्षेत्रमा विद्यालयको आवश्यकताका बारेमा व्यापक छलफल पश्चात् विद्यालय खोल्न उपयुक्त रहेको निष्कर्ष सहित स्थानीय अभिभावकहरुबाट टहरो निर्माणका लागि आवश्यक सामाग्री जुटाई साविक देवचुली गाउँ पञ्चायत वडा नं ६ मा रहेको सेन्टरप्लटको उत्तरतर्फ हाल कालिका मन्दिर रहेको ठाउँमा टहरो निर्माण गरी स्थानीय शिक्षाप्रेमी व्यक्तित्व श्री देवीराम भुसाललाई शिक्षकको रुपमा नियुक्त गरी कक्षा सञ्चालन गर्ने जिम्मेवारी दिई वि.सं. २०४२ साल चैत्र २७ गते देवचुली प्रा.वि. नामाकरण गर्दै यस विद्यालयको स्थापना भएको कुरा यस क्षेत्रका अग्रज व्यक्तित्वहरुको भनाइ र विद्यालयको रजत जयन्तीको अवसरमा प्रकाशित स्मारिकामा उल्लेख भएको पाइन्छ।

यस क्षेत्रको आवश्यकताका आधारमा स्थानीय स्तरबाट विद्यालय स्थापना गरी संचालन गर्ने कुरा आफैँमा प्रशंसनीय पक्ष भएतापनि यसलाई व्यवस्थित गर्दै निरन्तरता दिने कुरा कठिनाइपूर्ण रहेको पाइन्छ । यस विद्यालयको संचालन प्रक्रिया पनि शैक्षिक शत्र २०४३/०४४ देखि गर्नुपर्दा निकै कठिनाईपूर्ण र अव्यवस्थित रुपबाट गुज्रिएको पाइन्छ।

वि.स. २०४६ सालको राजनैतिक परिवर्तन पश्चात् विशेष गरी २०४९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु, यस क्षेत्रमा सक्रिय राजनीतिक दलका स्थानीय स्तरका नेताहरु र अन्य शिक्षाप्रेमी एंव समाजसेवी व्यक्तिहरुको संयुक्त पहल र प्रयासमा विद्यालयलाई दीर्घकीलन रुपमै स्थायित्व दिदैँ व्यवस्थित गर्नुपर्ने निष्कर्षका साथ सेन्टर प्लटको दक्षिणतर्फ हाल भीमसेन आदर्श मा.वि.को प्रा.वि. शाखा विद्यालय रहेको ठाउँमा स्थानान्तरण गरी एउटा टहरो निमार्ण गर्ने योेजना बन्यो । उक्त टहरो निमार्णका लागि आवश्यक पर्ने सामग्रीहरु देवचुली, गा. वि. स. का ९ वटै वडाका अभिभावकहरुबाट जुटाई स्थानीय जनश्रमदान मै टहरो निमार्ण गरी वि.सं. २०४९ पौष १ गतेबाट स्थानीय स्रोतमै शिक्षकको व्यवस्था गरी पूर्व प्रा.वि. कक्षा संचालन गरियो । शैक्षिक सत्र २०५०/०५१ देखि शैक्षिक सत्र २०५०/०५४ सम्म भीमसेन आर्दश मा. वि. को शाखाको रुपमा कक्षा १ मात्र संचालन गर्दै आइरहेको अवस्थामा जि.शि.का. नवलपरासीको मिति २०५४/३/२२ को निर्णय अनुसार यस विद्यालयले कक्षा १ संचालनको अनुमति प्राप्त गर्‍याे । क्रमिक रुपले कक्षा संचालनको अनुमति र स्वीकृतीको प्रक्रियाहरुलाई अगाडि बढाउँदै अघि बढ्ने क्रममा भीमसेन आदर्श मा.वि.ले त्यस विद्यालयमा सञ्चालित प्रा.वि. तहलाई यस विद्यालयमा स्थानान्तरण गर्ने निणर्य गरी शैक्षिक सत्र २०५५/०५६ देखि शैक्षिक ०६१ सम्ममा क्रमशः कक्षा १ देखि कक्षा ५ सम्म कटौती सहित दरबन्दी पनि यसै विद्यालयमा पठाई र विद्यालयको शैक्षिक, भौतिक, सामाजिक, सहित प्रशासनिक पक्षलाई सुदृढ र मजबुद गराउने कार्य भयो ।

भौगोलिक हिसाबले पनि साविक देवचुली गा.वि.स. को करिब मध्य भागमा रहेको र घनाबस्ती सहित फराकिलो सेवा क्षेत्र समेटेको हुँदा विद्यार्थीहरुको अधिक चाप पर्न गयो । फलस्वरुप स्थानीय आवश्यकता र अभिभावक एवम् विद्यार्थीहरुको माग अनुसार निम्न माध्यमिक विद्यालय तहका कक्षाहरु संचालनका लागि समेत आवश्यक प्रक्रिया पूरा गर्दै शैक्षिक सत्र २०६४/२०६५, र २०६६ मा क्रमश ६,७ र ८ कक्षा संचालनको अनुमति लिई नि.मा.वि. तहमा बढोत्तरी गर्दै आफूलाई यस क्षेत्रमा स्थापित गर्न सफल भयो । अंग्रेजी माध्यमतर्फ अभिभावक एवम् विद्यार्थीहरुको आकर्षण बढ्दै गएका कारण सामुदायिक विद्यालयतर्फ विद्यार्थीहरुको भर्नादर घट्दो क्रममा हुन थालेपछि समयको माग र अभिभावकहरुको चाहनालाई सम्बोधन गर्न वि.सं. २०६६ सालबाट कक्षा १ देखि अङ्ग्रेजी माध्यम संचालन गर्दे क्रमशः अगाडि बढिरहेको अवस्थामा शैक्षिक सत्र २०७५ सम्म कक्षा नर्सरी देखि कक्षा ८ सम्म अङ्ग्रेजी माध्यम र कक्षा ६ र ७ मा नेपाली माध्यममा समेत कक्षा सञ्चालन गरी ४५० जना विद्यार्थी र १८ जना शिक्षक कर्मचारी मौजुदा रहदै गरेको अवस्थामा नेपाल सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम मार्फत नमुना विद्यालयको अवधारणलाई अगाडि ल्यायो र उक्त प्रयोजनका निमित्त भीमसेन आदर्श मा.वि. देवचुली न. पा. ७ रामबासले पनि आवश्यक विवरण र प्रक्रिया पूरा गरी नमुना विद्यालय छनौटका लागि आवेदन दर्ता गर्‍यो तर नमुना विद्यालय छनौटका आधारहरु मध्ये विद्यालय नर्सरी देखि कक्षा १२ सम्म संचालन हुनुपर्ने रहेको र भीमसेन आदर्श मा. वि. मा कक्षा ६ देखि १२ सम्म मात्र कक्षा संचालन भएको हुँदा नमुना विद्यालय छनौट हुने अवसरबाट पहिलो वर्ष बञ्चित हुन पर्‍यो । तत्पश्चात् भीमसेन आदर्श मा.वि. ले आफूलाई नमुना विद्यालयको अनुमति प्राप्त गराई छाड्ने संकल्प गर्दै कक्षा नर्सरी देखि नै विद्यालय संचालन गर्ने योजना अगाडि सार्‍यो । नर्सरी देखि कक्षा संचालनका लागि भीमसेन आ.मा.वि. सँग २ वटा विकल्पहरु थिए आँफै नर्सरीबाट शुरु गर्ने वा नजिककमा रहेका फिडर विद्यालयहरुलाई एकिकरण गराएर अगाडि बढ्ने यिनै २ विकल्पहरु माथि छलफल गर्नका निमित्त वि.व्य.स., शि. अ. संघ स्थानीय जनप्रतिनिधिहरु एंव अन्य बुद्धिजीवी अभिभावकहरुका बिच व्यापक छलफल र बहस पश्चात् आफ्नै विद्यालयबाट विगतमा कक्षा र दरबन्दी कटौती गर्दै स्थानान्तरण भइ संचालनमा रहेको देवचुली आधारभूत विद्यालयसँग एकिकरण गर्न उपयुक्त हुने निष्कर्षसहित दुवै विद्यालयका जिम्मेवार पदाधिकारीहरु बिच एकल र संयुक्त रुपमा छलफल चलाउँदै र निर्णय प्रक्रियाहरुलाई अगाडि बढाउँदै अन्तत २०७५ साल माघ ३ गते विद्यालयहरुबीच आधिकारिक र वैधानिक रुपले एकिकरण भई देवचुली आधारभूत विद्यालय, भीमसेन आदर्श मा.वि.कै नामबाट संचालन हुन पुग्यो ।

साविक देवचुली आधारभूत विद्यालयको साैभाग्य मान्नुपर्दछ, विद्यालय एकिकरणको पहिलो वर्षमै भीमसेन आर्दश मा.वि. ले आफ्नो स्थापनाका ५० औँ वार्षिकोत्सव अर्थात् स्वर्ण महोत्सव मनाउन लागि रहेको छ । यस सुखद् अवसरमा प्रकाशन गरिने भीमसेन स्वर्ण स्मारिकामा साविक देवचुली आधारभूत विद्यालयको इतिहासलाई समेट्न सान्दर्भिक हुने भएकोले स्थापनाकाल देखि एकिकरणको अवस्था सम्मको विवरणलाई यथासक्य समेट्ने प्रयास गरिएको छ तापनि स्थापनाको शुरुवाती चरणका अभिलेखहरु सुरक्षित नभएकाले छुटेका हुन सक्छन् यसलाई अन्यथा नलिई सकारात्मक रुपमै बुझिदिनुहुन विनम्र अनुरोध छ । यस विद्यालयलाई वर्तमान अवस्थामा ल्याई पुर्‍याउन पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी ज्यूहरु, प्रधानाध्यापक, शिक्षक, कर्मचारीको साथै यस क्षेत्रको सचेत अभिभावक, शिक्षाप्रेमी, एंव समाजसेवी व्यक्तिहरुको अतुलनीय र उल्लेखनीय योगदान रहेको पाइन्छ। यस विद्यालयको स्थापना, सञ्चालन र सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सम्पूर्ण अग्रजहरुको उच्च सम्मानको साथ स्मरण गर्न चाहान्छु साथै कतिपय अग्रज व्यक्तित्वहरुको निधन समेत भई सकेको छ । यस ऐतिहासिक स्मरणका क्षणमा उहाँहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहान्छु ।

The total number of students of the current year.

S/NClassFemaleMaleTotalRemark
1Nursery343872
2L.K.G402969
3U.K.G152237
4One131629
5Two211839
6Three172239
7Four202646
8Five292857
9Six134160294
10Seven111125266
11Eight83127210
12Nine113154267
13Ten107126233
14Eleven000
15Twelve000
Total84811052062
Year 2081 Latest Update
Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram