विद्यालयमा भएका असल अभ्यास अवलोकन, छलफल एवं अन्तक्रिया कार्यक्रम अन्तर्गत आज मिति २०८० जेष्ठ १२ गते अमर माध्यमिक विद्यालय लम्जुङ्ग जिल्लाबाट वि.व्य.स., जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थी सहितको १७० जनाको समुहले यस विद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।
उहाँहरुले आफ्ना विद्यालयका असल अभ्यासहरुबारे बताउँदै हाम्रो विद्यालयका विविध पक्षहरुको अध्ययन , अवलोकन पश्चात अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उहाँहरुको यो भ्रमणले हामीलाई थप ज्ञान, हौसला र उर्जा प्राप्त भएको छ । लामो दुरीको यात्रा तय गर्दै असल अभ्यास अवलोकन तथा छलफल कार्यक्रममा हाम्रो विद्यालयसम्म आउनुहुने सम्पूर्ण अतिथिहरुलाई विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।