Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

एस.इ.इ. परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाइ महत्त्वपूर्ण सुचना !!!!!!

March 30, 2023

SEE मा सहभागी हुने विद्यार्थीहरुलाइ महत्त्वपूर्ण सुचना !!!!!!

चैत्र 17 गते देखि संन्चालन हुन गइरहेका SEE परिक्षामा सहभागी हुनु पूर्व बिद्यार्थीले निम्न केही कुराहरुमा ध्यान पुर्‍याउन अनुरोध छ।

क. तनाव लिदैँ नलिने । तनाव समस्याको समाधान होइन । आज सम्म आइपुग्दा यस्ता धेरै परीक्षाहरु दिइ सकिएको छ र यो पनि त्यस्तै परीक्षा हो भनेर सम्झिने ।

ख. कमसेकम ६-७ घण्टा निदाउने । निदाउदा शरीर र मन दुवै फूर्ती हुन्छ ।

ग. पौष्टिक पदार्थ र पानीको प्रशस्त सेवन गर्ने ।

घ. अध्ययनलाई निरन्तरता दिने । रुटिन बनाएर अध्ययन गर्ने ।

ङ. पुराना प्रश्नहरुबाट अभ्यास गर्ने ।

च. प्रत्येक प्रश्नहरुलाई समय छुट्याउने र निर्धारित समयमा प्रश्नको उत्तर लेख्ने अभ्यास गर्ने ।

छ. परीक्षाहलमा मोबाइल लैजान नपाइने भएकोले घडीको व्यवस्था गर्ने । प्रत्येक दिन अन्तिम १५ मिनेट रिभिजनको लागि छुट्याउने ।

ज. चीट चोर्ने वा साथीको नक्कल गर्ने सोच छ भने त्यसलाई जरै देखि हटाउने किनकी चोरेर सफल हुने प्रकारका प्रश्नहरु बनाइएका नै हुँदैनन् ।

झ. परीक्षाका लागि आवश्यक पर्ने सामग्री बलपेन, पेन्सिल, रुलर, स्टेपलर, जियोमेट्रिक बक्स, क्याल्कुलेटर र प्रवेश पत्र छुट्टै राख्ने र प्रत्येक दिन अनिवार्य लिएर जाने । क्याल्कुलेटर सबै विषयमा नचाहिन सक्छ ।

ञ. प्रत्येक उत्तरको समाप्ती पछि पेन्सिलले धर्का तानेर मात्र अर्को उत्तर सुरु गर्ने ।

ट. सदा आशावादी हुने, निराश नहुने । कुनै एक विषयको पेपर आफूले सोचे जस्तो राम्रो भएन भने त्यसलाई भूलेर अब अर्को पेपर राम्रो गर्छु भनेर अघि बढ्ने ।

ठ. साथीहरुको लहैलहैमा नलाग्ने । कसै कसैले सुर्ती या चुरोट सेवन गर्दा मन एकाग्र हुने, पढ्न मन लाग्ने, चाँडै निन्द्रा नलाग्ने जस्ता कुरा गरेर बहकाउन सक्छन् । यस्ता कुरा कसैले गर्‍यो भने त्यस्तो सङ्गतबाट टाढै रहने ।

ड. सबै विषयहरुलाई बराबर समय दिने । सकभर सबै प्रश्नको उत्तर दिने । प्रश्नले के मागेको हो सो बुझेर त्यही कुरामा केन्द्रित भएर उत्तर लेख्ने!.

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram