Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

योजना निर्माण एवं गुणस्तर सुधारका लागी छलफल

May 4, 2024

आज मिति २०८१।०१।२२ गतेका दिन यस विद्यालयको वि.व्य.स. अध्यक्ष भुमिलाल लामिछानेको अध्यक्षतामा विद्यालयको शैक्षिक योजना निर्माण एवं गुणस्तरका सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुसँग कक्षा ६–१२ तर्फका शिक्षकहरुको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रत्येक शिक्षकहरुले विद्यालयको भावि शैक्षिक कार्यक्रमलाई थप उर्जावान एवं व्यवस्थित गराउन आफ्नो–आफ्नो शैक्षिक योजना प्रस्तुत गर्नुभएको छ । शिक्षकहरुको शैक्षिक योजनाको आधारमा विद्यालयको शैक्षिक योजना २०८१ निर्माण हुने जानकारी सवैमा गर्दछौ ।
अग्निधर भुसाल
प्रधानाध्यापक
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय
देवचुली ०७, रामबास, नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram